नेपाल सरकारले भारतका एक जना मुख्यमन्त्री विप्लव देवको भनाइप्रति कडा आपत्ति जनाएको छ । भारतस्थित त्रिपुराका मुख्यमन्त्री विप्लव देवले भारतीय जनता पार्टीले नेपालमा समेत आफ्नो सरकार गठन गर्ने तयारी गरेको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको हो ।
उनले अमित शाहको नाम लिँदै सो अभिव्यक्ति दिएका थिए । यस विषयमा नेपाल सरकारले औपचारिक रूपमै आपत्ति जनाइसकेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सो अभिव्यक्तिबारे सरकारले आपत्ति जनाएको उनको भनाइ छ । सामाजिक सञ्जालमा त्यससम्बन्धी समाचार जोड्द...