जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशमा प्रादेशिक सरकार सञ्चालनको अनुभव हासिल गरेर देश, प्रदेश र जनताको हितमा अधिकतम् सदुपयोग गरेको दाबी गरेको छ । स्थानीय तहको चुनावका लागि मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा संघीय संसदमा पूर्ण बहुमतका बाबजुद तत्कालिन नेकपाले राजनीतिक स्थायित्व दिन नसकेको, कतिपय प्रदेशमा बारम्बार नेतृत्व परिवर्तन भएको तर, जसपाले मधेश सरकारलाई स्थायित्व दिन सकेको दाबी गरेको हाे ।पाँच दलीय गठबन्धनका साझेदार दलहरूलाई सरकारमा सामेल गरिएको हुँदा सरकारले बाँकी कार्यकाल प