खोटाङका सबै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । दुई नगरपालिका र आठ गाउँपालिकामा मंगलबार सम्पन्न पालिका अधिवेशनबाट एमालेले सहमतिमै नेतृत्व टुङ्गो लगाएको हो । एमाले खोटाङका अनुसार दुई नगरपालिकामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगर अध्यक्षमा गोपाल आचार्य र हलेसी तुवाचुङ नगर अध्यक्षमा डिल्ली चाम्लिङ सर्वसम्मत चयन भएका छन् ।यस्तै आठ गाउँपालिकामध्ये केपिलासगढीमा खगेन्द्र राई, ऐँसेलुखर्कमा टेकेन्द्र राजभण्डारी, रावाबेँसीमा बलराम रिजाल, दिप्रुङ चुइचुम्मामा कृष्ण कार्की, साकेलामा बद्री राई