नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारणलाइन : भारतमा सकियो तयारी, नेपालमा अन्योल
नेपाल–भारत दोस्रो अन्तरदेशीय (न्यु बुटवल–गोरखपुर) विद्युत् प्रसारणलाइनको भारत खण्डमा निर्माण सुरु हुन लागिसक्यो, तर नेपाल खण्डको निर्माण भने अझै अन्योलमा छ । नेपाल र भारतले संयुक्त रूपमा बनाउन लागेको भारततर्फको प्रसारणलाइनको...
२६ असोज, काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपालले एमसीसीको ठेक्का रद्द गरेसँगै ४०० केभीको न्यू बुटवल–गोरखपुर प्रसारणलाइन पनि अन्योलमा परेको छ । यो प्रसारणलाइनको १७ जेठमा भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका थिए । दुई देशबीच भएको सहमति अनुसार प्रसारणलाइनको नेपालतर्फको १८ किलोमिटर खण्ड […]
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा चिलिमे–केरुङ अन्तरदेशीय प्रसारणलाइन निर्माणसम्बन्धी सम्झौता भएको छ । योसँगै अब नेपाल र भारतबीच मात्र नभई चीनमा समेत विद्युत व्यापारका लागि बाटो खुल्ने भएको छ । सम्झौतापछि निजी क्षेत्र तथा ऊर्जा उद्यमी उत्साहित बनेका छन् । आगामी दिनमा चीनसँग पनि विद्युत व्यापार हुने र नेपालको विद्युत बजार फराकिलो बन्दै […]
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा ४०० केभी क्षमताको न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि ‘इम्प्लिमेन्टेसन अफ ट्रान्समिसन सर्भिस एग्रिमेन्ट’ हुने भएको छ । यो सम्झौतासँगै प्रसारणलाइनको शिलान्यास पनि नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने भएका छन् । यो ढल्केबर–मुजाफ्फरपुर प्रसारणलाइनपछि भारतसँग बन्न लागेको दोस्रो ४०० केभीको प्रसारणलाइन हो । […]
निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको बुटवल–लुम्बिनी प्रसारणलाइन तथा सबस्टेसनको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार उद्घाटन गरेकी छन् । बुटवल–लुम्बिनी डबल सर्किट प्रसारणलाइन र त्यसअन्तर्गत निर्माण भएको सबस्टेन मन्त्री भुसालले निर्वाचन आचारसंहिता सुरु हुनुभन्दा अघि उद्घाटन गरेकी हुन् । नेपाल विद्युत प्राधिकरणले सोमबार उद्घाटन गर्ने निर्णय आइतबार गरेको थियो ।रुपन्देहीको सियारी गाउँपालिकाको मैनहियामा सबस्टेसन […]
१४ चैत, काठमाडौं । नेपाल र भारतबीच विद्युत व्यापारका लागि नयाँ बुटवल- नयाँ गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका भारतमा स्थापना हुने कम्पनीमा नेपाल विद्युत प्राधिकरणले लगानी गर्न पाउने भएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै विदेशमा लगानी गर्न प्रतिवन्ध लगाउने ऐन २०२१को व्यवस्था बमोजिम बढीका एक रुपैयाँ भारतमा लगानी गर्न प्रधिकरणलाई स्वीकृति […]
नेपाल–भारत ऊर्जा सचिवस्तरीय ‘संयुक्त निर्देशक समिति’ (जेएससी) को बैठक बुधबार तथा बिहीबार बस्ने भएको छ ।विगत दुई वर्षदेखि हुन नसकेको बैठकमा यसपटक जलविद्युत आयोजनामा संयुक्त लगानी र विकास, नेपाल भारत ऊर्जा व्यापार र अन्तरदेशीय प्रसारणलाइन आयोजना र निर्माण तथा जलविद्युत क्षेत्रमा लगानीबारेमा छलफल हुने ऊर्जा मन्त्रालयका अधिकारीले बताए ।यसअघि २०७६ असोज अन्तिम सातामा भारतको बैंग्लोरमा […]
डेढ वर्ष ढिलो गरी नेपाल र भारतबीच विद्युत व्यापारका लागि निर्माण गर्ने भनिएको ४ सय केभीको बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि लगानी सम्झौता भएको छ ।दुई वर्षअघिको असोजमा बसेको ऊर्जा व्यापार सम्झौता (पीटीए) अन्तर्गत गठित सचिवस्तरीय कार्यकारिणी समिति (जेएससी) को बैठकले लगानीको ढाँचामा सहमति गरेर ६ महिनाभित्र संयुक्त कम्पनी स्थापना गर्ने भने पनि बल्ल […]
चार वर्षअघि नेपाल र भारतका संयुक्त प्राविधिक समूहले आगामी २४ हजार ५ सय मेगावाट बिजुली बेच्ने र यसका लागि ११ अन्तरदेशीय प्रसारणलाइन निर्माण बनाउने योजना बनायो । गुरुयोजनाअघि नै निर्माण सुरु भएको दुई देश जोड्ने ढल्केबर–मुन्जफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन निर्माण सम्पन्न भए पनि अन्य कुनै सुरु भएका छैनन् ।