काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ति गुणस्तरहिन औषधीहरु भेटिरहेको भन्दै तिनीहरुको नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। मन्त्री गिरीले आज औषधी व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ कार्यक्रममा सम्बोधन गर्दै बजारमा गुणस्तरहिन औषधीहरु छ्यापछ्याप्ति रहेको गुनासोहरु बढिरहेको बेला औषधी ब्यवस्था विभागले तिनीहरुको नियन्त्रणका लागि पहल गर्नु आवश्यक रहेको बताएका छन्। […]