सरकारले रुस-युक्रेनको युद्धका कारण नेपालमा बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको बताएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले रुस-युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको चरम अभाव भएको र अन्तर्राष्ट्रिय मूल्यमा अप्रत्यासित वृद्धि भइरहेका कारण नेपालमा पनि बाध्यात्मक मूल्यवृद्धि गर्नुपरेको जानकारी दिए । विशेष समय लिएर बोलेका मन्त्री बडूले नेपाल-भारत सरकारबीच भएको सम्झौताअनुसार अन्तर्राष्ट्रिय मूल्यमा भारतीय आयल निगमबाट इ