शान्तिसुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरीको स्थापनापछि नेपालमा शान्तिसुरक्षा कायम भएको बताएका छन् । देशको सुरक्षाका लागि सशस्त्र प्रहरी अब्बल रहेको जनाउँदै उनले कोभिडको समयमा सशस्त्र प्रहरीले गरेको कामप्रति उच्च मूल्याङ्कन गरिएको बताए ।कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा सशस्त्र प्रहरीबल नेपाल नं ५ विन्ध्यावासिनी वाहिनी मुख्यालयको उद्घाटन गर्दै खाणले सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा व्यवस्थापनका लागि सरकारले तयारी गरिरहेको बताए । सशस्त्र प्रहरीको अवकाशपछि पनि आत्मनिर्भर बन

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको निर्देशनपछि गठन भयो मिटरब्याज नियन्त्रण कार्यदल

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याजी अपराध नियन्त्रण गर्न कार्यदल गठन गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रवार बिहान गृहमन्त्री खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजीसम्बन्धी समस्या समाधानका लागि उपायहरू पहिचान गरी अपराधीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन र भविष्यमा…

विपदमा सबै सरकारी निकायबीच समन्वय गरौँ: गृहमन्त्री खाण

चितवनको कुरिनटारस्थित शनिबार सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम शिक्षालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले काठमाडौँ जोड्ने लाइफलाइनको रुपमा रहेको सडकखण्ड लामो समय अवरोध नहुने वातावरण सिर्जना गर्न निर्देशन दिएका हुन्।...

बेरुजु घटाउन गम्भीर हुनुस् : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले बेरुजु फस्र्यौटमा उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन् । गृहमन्त्री खाणले बेरुजु फस्र्यौटमा गम्भिर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराए ।सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको विदाइमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूँजीगत खर्च गर्न […]

प्रहरी र सशस्त्रले सीमित स्रोत साधनबीच प्रशंसनीय काम गरेका छन् : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोत साधनबीच नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको काम प्रशंसनीय रहेको बताएका छन् । आर्थिक वर्ष २०७७र०७८ मा बेरुजु फर्छ्यौट कार्यका सर्वोकृष्ट/उत्कृष्ठ हुने कर्मचारी र सोमबारदेखि अवकाशमा जान लाग्नुभएको सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई सम्मान गर्न आयोजित कार्यक्रममा गृहमन्त्री खाणले आगामी दिनमा पनि सुरक्षा निकायले यो भन्दा […]