बेरुजु घटाउन गम्भीर हुनुस् : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले बेरुजु फस्र्यौटमा उत्कृष्टता हासिल हुनेगरी मिहिनेत गर्न नेपाल सरकारका सबै निकायलाई आह्वान गरेका छन् । गृहमन्त्री खाणले बेरुजु फस्र्यौटमा गम्भिर हुन र सबै आय, व्ययलाई दुरुस्त गर्न पनि सम्बन्धित सबै निकायलाई सचेत गराए ।सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनालको विदाइमा सोमबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पूँजीगत खर्च गर्न […]