काठमाडौं : साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो। बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९ अंकले वृद्धि भएर २ हजार ७६९.९३ बिन्दुमा पुगेको छ। आज सेन्सेटिभ इण्डेक्स ०.३८ अंक, फ्लोट इण्डेक्स ०.०५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ।आज कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४