चीनको दक्षिणी क्षेत्र ग्वाङ्सी झुआङमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण झन्डै ३८ लाख नागरिक प्रभावित भएका छन् । त्यहाँ ३७ लाख ५० हजारभन्दा धेरै बासिन्दा प्रभावित भएका स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
ग्वाङ्सीले यस वर्षको वर्षा ऋतुको सामना गरिरहेको छ । त्यहाँ पटक–पटक भारी वर्षा हुँदै आएको छ । औसत वर्षा ४९० दशमलव ८ मिलिमिटरमा रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १ दशमलव ६ गुणा बढी वर्षा भएको हो ।
बाढी/पहिरो र वर्षाका कारण आएको विपत्तीले ३ हजार ४ सय ३६ ...