अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा यस वर्ष पनि वृहत पोखरा स्ट्रिट फेस्टिभल आयोजना हुने भएको छ । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवद्र्धन आजको मुल आवश्यकता’ भन्ने मुल नाराका साथ आगामी पुस १५ देखि १७ गतेसम्म पोखराको लेक साइडमा २३ औं सडक महोत्सव हुन लागेको हो ।अंग्रेजी नयाँ वर्षको अवसर पारेर प्रत्येक वर्ष आयोजना हुँदै आएको यस खालको भेष्टिभलमा सडकमै विभिन्न खानाको परिकारसँगै नेपाली भेषभुषा तथा कलाको प्रदर्शन गरिन्छ । तीन दिनसम्म चल्ने यस पटकको महोत्सवमा पनि सडकमै खाउ, सडक