प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री शेरबहादुर देउवाले संयूक्त रुपमा रु पे कार्डको उद्घाटन गरेका छन् । भारत भ्रमणका क्रममा रहेका देउवा र भारतका प्रधानमन्त्री मोदीले विश्वव्यवापी भुक्तानी कार्डको उद्घाटन गरेका हुन् । ७० करोड भारतीयले प्रयोग गर्ने दावी गरिएको सो कार्ड नेपालमा एसबिआई बैंकमार्फत चल्ने जनाइएको छ । जसले नेपालमा आर्थिक गतिविधि बढाउन तथा नेपालमा आउने भारतीय पर्यटकहरुका लागि सहज हुने अपेक्षा गरिएको छ ।