मुलुकमा संघीयता कार्यान्वयनसँगै लुम्बिनी प्रदेश सभा स्थापनाको शुक्रवार ४ वर्ष पूरा भएको छ । २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको थियो । ज्येष्ठ सदस्यका हैसियतले नेपाली कांग्रेसका तत्कालीन संसदीय दलका नेता स्व. बलदेव शर्मा पोखरेलले सभाध्यक्षको भूमिका निभाएका थिए ।
संघीयताको पहिलो जग प्रदेशसभा स्थापनापछि बनेका सरकारले चार वर्षमा जनतालाई प्रत्यक्ष अनुभूति हुने काम गर्न सकेको देखिएन । सत्ता स्वार्थ, अन्यौल र संघमा जस्तै सत्ता फेरबदलको भूमरीमा प्रदेश सभा परिरह्यो । यो अवधिमा प्रदेश सभाले पेचिलो बनेको प्रदेशको स्था...