देश सङ्घीयतामा गएर पहिलो पटक प्रदेश सभाको निर्वाचन भएपछि बागमती प्रदेश सरकार स्थापना भएको शनिबार चार वर्ष पूरा भएको छ । प्रदेश सरकार स्थापनाको तीन वर्ष ऐन कानुन निर्माण, प्रदेशका लागि आवश्यक संरचनालगायत व्यवस्थापनमा लाग्यो । पछिल्लो एक वर्षभन्दा लामो समय राजनीतिक खिचातानी र अस्थिरतामा बितेको छ ।