पुटिनलाई भेट्न मस्को पुगे पाकिस्तानी प्रधानमन्त्री खान

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्। रुस र युक्रेनबीचको द्वन्द्वका कारण विश्वमा नै तरङ्ग फैलिइरहेका बेला प्रधानमन्त्री खानले राष्ट्रपति पुटिनलाई रुस पुगेर भेटवार्ता गरेका छन्। उनीहरू बीच युक्रेनसँगको सम्वन्ध र त्यसमा पाकिस्तानले खेल्ने भूमिकासँगै अन्तर्राष्ट्रिय ध्रुवीकरणलगायतका विषयमा छलफल भएको जनाइएको छ।साथै आपसी सम्बन्ध, सहकार्य, दुई पक्षीय सरोकार र साझा हितका विषयमा कुराकानी भएको अधिकारीहरूले जनाएका छन्।दुई द

सम्बन्धित सामग्री

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त

काठमाडौंं, चैत २७ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि पदमुक्त भएका छन् । प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्तावमा १७४ जना सदस्यले मतदान गरेपछि पदमुक्त भएका हुन् । इमरान खानको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि प्रतिपक्षी दलका नेताहरू सर्वोच्च अदालत गएका थिए। प्रधानमन्त्री इमरानविरुद्ध गत मार्च २८ […]

अविश्वासको प्रस्तावको सामना गर्दै पाकिस्तानी प्रधानमन्त्री खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार संसदमा अविश्वासको प्रस्तावमा मतदानको सामना गर्दै छन्। सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपतिले भंग गरेको संसद पुनःस्थापना भएको छ। सोही संसदमा अदालतको आदेशअनुसार प्रधानमन्त्री खानले विश्वासको मत लिनुपर्ने भएको हो। प्रधानमन्त्री खानले भने आफूलाई सत्ताबाट हटाइएमा विपक्षी सरकारलाई स्वीकार नगर्ने बताएका छन्। सर्वोच्च अदालतको फैसला स्वीकार गरेको बताएका प्रधानमन्त्री […]

प्रधानमन्त्री खान विरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत, संसद् विघटन गर्न सिफारिस

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध विपक्षी गठबन्धनले पेश गरेको विश्वासको प्रस्तावलाई राष्ट्रिय सभाका उपसभामुखले प्रधानमन्त्रीविरुद्धको आन्दोलनमा विदेशी हात संलग्न भएको भन्दै अस्वीकार गरेको छ । राष्ट्रिय सभा वा संसद्को तल्लो सदनका उपसभामुख कासिम खान सुरीले अविश्वासको प्रस्तावलाई खारेज गर्दै विपक्षीले प्रस्ताव पेश गर्नेमा विदेशी संलग्नता भेटिएको र यो कदम पाकिस्तानको संविधानविपरीत भएको बताउनुभयो । यसबीच प्रधानमन्त्री …

पाकिस्तानी प्रधानमन्त्री खान भन्छन्– ‘मेरो ज्यान जोखिममा छ’

‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु, विपक्षीले मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’, पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भन्नुभयो ।

पाकिस्तान पश्चिमा दबाबसामु झुक्दैन : प्रधानमन्त्री खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पुनः एकपटक विदेशी शक्ति विरुद्ध खनिएका छन् । रुसले युक्रेनमा गरेको आक्रमणको चौतर्फी विरोध भैरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।  ‘हामीले यो साढे ३ वर्षको अवधिमा पाकिस्तानको समृद्धिका लागि प्रयास गरेका छौ,’ खानले भने ।रुस विरुद्ध खनिएका अन्तर्राष्ट्रिय समूहको निन्दा गर्न किन पाकिस्तानले बेवास्ता गर्यो भन्ने जिज्ञासाकै बीच उनले उक्त प्रतिक्रिया दिएका हुन् । इयू लगायत जापान, स्वीटजरल्यान्ड, क्यानडा, यूके र अस्ट्रेलिया लगायतका झन्डै २ दर्जन

मोदीसँग टेलिभिजन बहस गर्न तयार पाकिस्तानी प्रधानमन्त्री खान

इस्लामाबाद – पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् । ७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसो छ । त्यस यता मात्र दुई देशबीच तीन ओटा युद्ध भइसकेका छन् । ‘मलाई भारतीय प्रधानमन्त्री मोदीसँग टेलिभिजन बहस गर्न […]

प्रधानमन्त्री खान र राष्ट्रपति पुटिनबीच टेलिफोनवार्ता

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन्। सो अवसरमा उहाँहरू बीच दुई देश बीचको व्यापार र अन्य पारस्परिक लाभका विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको छ ।प्रधानमन्त्री खानले सोमबार ट्वीटमा लेखेका छन्, ‘राष्ट्रपति पुटिनसँग भर्खरै कुरा भयो । "उहाँ (पुटिन) पहिलो पश्चिमी नेता हुनुहुन्छ जसले आफ्नो प्यारो पैगम्बरप्रति मुस्लिम भावनाप्रति सहानुभूति र संवेदनशीलता देखाउँनुहुन्छ।“दुई नेताबीच दुई देशबीचको व्यापार र सहकार्यक

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ । पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुबै पक्षले प्रयास गर्नेछन् ।  पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गर्न लाग्नु भएको जनाएको छ । प्रधानमन्त्री

प्रधानमन्त्री खान विश्वासको मत पुष्टि गर्न सफल

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले शनिबार संसदको तल्लो सदन नेशनल एसेम्ली (एनए) बाट विश्वासको मत प्राप्त गर्न सफल भएका छन्। उक्त सभाका सभामुख असद कैसरले  प्रधानमन्त्री खानलाई विश्वासको मत मिलेको पुष्टि गरेका हुन् । सभासद्हरुका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले आफू प्रधानमन्त्री हुँदा सन् २०१८ मा पाएको कूल मतभन्दा दुई मत बढी अर्थात् १७८ मत ल्याई पाकिस्तानी प्रधानमन्त्रीका रूपमा आफूलाई ताजा जनादेश रहेको पुष्टि गरेको समाचारमा उल्लेख छ ।