भुर्तेलको चौथो अर्धसतक

काठमाडौं। कीर्तिपुरमा जारी नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक प्रहार गरेका छन्। भुर्तेलले कीर्तिपुरमा जारी त्रिदेशीय ट्वान्टी-२० प्रतियोगिताको पाँचौ खेलमा चौथो अर्धसतक प्रहार गरेका हुन्। भुर्तेलले ४३ बलमा पाँच चौका र दुई छक्कासहित ५२ रन बनाउदै आफ्नो अर्धसतक पुरा गरे।

सम्बन्धित सामग्री

सन्दीपको अर्धशतकमा जनकपुरले फारवेस्टलाई दियो १६२ रनको लक्ष्य

काठमाडौं । सन्दीप जोराको अर्धसतक प्रेरित जनकपुर रोयल्सले जारी नेपाल टी-२० लिगमा फार वेस्र्टन युनाइटेडलाई १ सय ६२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रनको योगफल तयार पारेको छ । जनकपुरका लागि चौथो नम्बरमा क्रिजमा आएका सन्दीप […]

एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको चौथो अर्धसतक, नेपाललाई सम्हाल्दै

काठमाडौं । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित पौडेलले चौथो अर्धसतक बनाएका छन् । विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक शृंखलाअन्तर्गत बुधबार पपुआ न्युगिनीविरुद्ध भइरहेको खेलमा रोहित अर्धसतक बनाएर खेल्दै छन् । उनी ५० रनमा अविजित छन् । उनले पाचौँ विकेटका लागि आरिफ शेखसँग ७७ रनको साझेदारी गरिसकेका छन् । २ सय ५ रनको लक्ष्य पछ्याइरहेको नेपालले […]

कुशल भुर्तेलको चौथो अर्धसतक

नेपाली युवा ब्याट्समेन कुशल भुर्तेलले आफ्नो चौथो अर्धसतक पुरा गरेका छन्।

अर्धसतक बनाएका कुशल भुर्तेल आउट

काठमाडौं। कीर्तिपुरमा जारी त्रिदेशीय कपको नेदरल्यान्ड्सविरुद्धको फाइनल खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ। नेपालका कुशल भुर्तेल नेदरल्यान्ड्सका सेबास्टियन ब्राटले गरेको १५औं ओभरको चौथो बलमा पिटर सिलरमार्फत क्याच आउट भएका हुन। भुर्तेलले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७७ रन बनाए।

कुशल भुर्तेल लगातार चौथो अर्धसतक बनाउन चुके

राजधानीमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । नेपालले पहिलो विकेटका रूपमा कुशल भुर्तेललाई गुमाएको हो ।

ओमानविरूद्ध सागर पुनको अर्धसतक

सागर पुनले ओमानविरूद्ध अर्धसतक प्रहार गरेका छन्। मलेसियामा आजदेखि सुरू भएको एसिया कप क्रिकेटको छनोट अन्तर्गत पहिलो खेलमा ओमानविरूद्ध चौथो नम्बरमा ब्याटिङ गर्न आएका पुनले ६५ बलमा १ छक्का र ४ चौकासहित अर्धसतक पुरा गरेका हुन्।