काठमाडौँ- चोरिएका मूर्तिसहित काठमाडाैं प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। काठमाडौँको नागार्जुन नगरपालिका-७ इन्द्रायणी मन्दिरबाट सोमबार बिहान भएका मूर्तिसहित दुईजना पक्राउ परेका हुन्। हाल काठमाडौँ महानगरपालिका-१४ कलंकी खड्कागाउँ बस्दै आएका सिन्धुलीको दुधौली नगरपालिका-४ डाँकाबजारका ३० वर्षीय उमेश खड्का र धादिङ धुनीवेशी नगरपालिका-४ का ५६ वर्षीय कान्छा मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो। प्रहरी वृत्त स्वयम्भूबाट […]