कञ्चनपुर : हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका ८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ।चुरे क्षेत्र नजिकैको बस्तीमा हात्ती छिरेर नोक्सान पुर्याउने भएकाले साइरन जडान गरिएको हो। ‘बस्ती नजिकै हात्ती देखिनासाथ साइरनको स्वीच थिन्छि’, बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुरसिंह महराले भने, ‘आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहन्छन्। यसबाट बालीनालीसँगै ज्यान जोगाउन सहज हुन्छ।’ साइरनको आवाज तीन किलोमिटर सम्म सुन्न सकिन्छ । साइरन बजाउनका