जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पु¥याउन थालेपछि साइरन जडान गरिएको हो । “बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,” बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने, “आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजक हुन्छन् ।”साइरन बजाउनका लागि एक कर्मच

सम्बन्धित सामग्री

कञ्चनपुरमा हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान

कञ्चनपुर । कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन् । जङ्गली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएका हुन् । तराई भूपरिधि कार्यक्रम (ताल)ले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती समितिसँग समन्वय गरी जङ्गली हात्तीबाट हुने क्षति न्यूनीकरण गर्न साइरन जडान गरेको हो […]

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्‍याउन थालेपछि साइरन जडान गरिएको हो । ‘बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,’ बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने, ‘आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै जीउज्यान जोगाउन सजक हुन्छन् ।’ साइरन बजाउनका लागि एक कर्मचारीको समेत व्यवस्था गरिएको छ । महराका अनुसार साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ । साइरन बजेपछि हात्ती धपाउन सजिलो हुने उनले बताए । हात्तीले खेतबारीमा लगाइएको अन्नबालीमा नोक्सान गर्न नपाउने र हात्ती बस्ती छिर्नु अगावै सतर्क हुने हुँदा मानवीय क्षति पनि नहुने उनको भनाइ छ । ‘साइरनको आवाजले हात्तीसमेत तर्सेर भाग्छ,’ अध्यक्ष महराले भने, ‘हात्तीको बथानले घरलगायतको भौतिक पूर्वाधारमा समेत क्षति पुर्‍याउन पाउँदैन ।’ सामुदायिक वन समन्वय समिति (सिएफसिसी) वाणी र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा जङ्गली हात्ती नियन्त्रण पूर्वसूचना प्रणालीअन्तर्गत साइरन जडान गरिएको हो । साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटालगायत तीन ठाउँमा जडान गरिएको छ । रासस