माधव नेपाललाई फोन गरेँ, कुरै गर्न मानेनन् : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले माधव नेपाललाई फोन गर्दा पनि बेवास्ता गरेको गुनासो गरेका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै ओलीले बिहीबार आफूले नेपाललाई फोन गरेको जानकारी दिएका हुन् ।‘हिजो मैले माधव नेपाललाई फोन गरेँ । भेटौँ, पार्टी एकताका लागि कुरा गरौँ भनेँ । तर, उहाँले भेट्न मान्नुभएन,’ उनले भने, ‘उल्टै तपाईंको टेलिफोन उठाउँदिन भनेको तैपनि उठाएँ भन्ने जवाफ आयो ।’उनले आफू एकताका लागि तयार नै रहेको तर विपक्षीसँग गठबन्धन गर्न खोज्ने, विपक्षी ने

सम्बन्धित सामग्री

ओली र नेपालको घर झगडा : न सम्बन्ध, न सम्बन्धविच्छेद !

तीन दिनअघि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाललाई माओवादी अध्यक्ष प्रचण्डले भेटे । केपी शर्मा ओलीसँग कतिञ्जेल झगडा गरेर बस्नुहुन्छ ? विद्रोह गर्नुहोस्, सरकारमा पनि आउनोस्, त्यसपछि वाम एकता गरेर अघि बढौँला भन्ने प्रस्ताव माओवादी नेताले राखे ।एमाले नेता नेपालले प्रचण्डको प्रस्ताव मानेनन् । बरु उनले ‘कहिलेकाहीँ एक्लो वृहस्पति झूठो हुन्छ’ भन्दै एमालेमै रहने आफ्नो ‘चट्टानी अडान’ सुनाए ।सत्तारुढ नेपाली काँग्रेस, माओवादी र जसपाका नेताहरु माधव नेपाल समूहले पनि सरकारमा आउने

किन बालुवाटार जान मानेनन् माधव नेपाल ?

काठमाडौं, २ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच ३० वैशाखयता ३ चरणको वार्ता भइसकेको छ । दुई चरणको वार्ता ओली र नेपालले एक्ला एक्लै गरे । ओली नेपालबीच पछिल्लो समय सहमतिका लागि भएको तीनवटै वार्ता प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेन । कारण हो माधव नेपाल बालुवाटार पस्न नमान्नु । सहमतिका लागि […]