कालिकोट : कालिकोट जिल्लाको एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै निधन भएको छ। सुर्खेतदेखि जुम्ला आउँदै गरेको ना७ख ९५१६ नम्वरको मिनि ट्रक दुर्घटना हुँदा गाडीचालक र गाडीधनीको मृत्यु भएको हो। स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि अक्सिजन सिलिन्डर बोकेर आएको ट्रक जिल्लाको शुभकालिका वडा नं १ मा पर्ने एस मोडमा दुर्घटना भएको प्रहरीले जनाएको छ। उद्धारका लागि घटनास्थलमा प्रहरी खटिएको हुल्म प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मीमबहादुर बमले बताए। वर्षाको समयमा