आचारसंहिताको उल्लघङ्न र निर्देशनको अवज्ञा भए महँगो पर्नसक्छ

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गर्ने दुस्साहस भएमा सह्य नहुने चेतावनी दिनुभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले युवाहरुका सङ्घ संस्था र युवा प्रतिनिधिसँग आज आयोजना गरेको छलफल कार्यक्रममा उहाँले सो चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो, “राजनीतिक दल, उम्मेदवार, …

सम्बन्धित सामग्री

सञ्जालदेखि संसदसम्म इम्बोस्ड नम्बरको विरोध, सचिव भेट्न पुगे यातायातका हाकिम

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको प्रति तीव्र आलोचना सुरु भएको छ । आवश्यक तयारी नै नगरी साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने गरी यातायात व्यवस्था विभागले सूचना निकालेपछि यसको आलोचना भईरहेको छ । सामाजिक सञ्जालमा तीव्र आलोचना भईरहेको यो विषय संसदमा पनि उठेको छ । नेपाली काँग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन कुमार थापाले संसदमा बोल्दै जबरजस्ती लाद्न खोजिए यो कामको नागरिकले अवज्ञा गर्ने चेतावनी दै दिए । उनले ‘५ गुणा, ६ गुणा बढी पैसा लिएर १ गतेभित्र गर नत्र देखाइदिन्छु भनेर धम्की दिने ?’ भन्दै प्रश्न पनि गरेका छन् ।‘यातायात मन्त्रालयले इम्बोस्ड नम्बर प्लेटका विषयमा सजिलो तर गलत बाटो अपनाएको छ त्यो हो दण्ड जरिवानाको, जुन कार्यालयले राम्ररी काम गरेन त्यो कार्यालयमा ताकेता गर्ने हो कि जनतालाई तर्साउने हो ?’ थापाले प्रश्न गरे, ‘सरकारले भनेको समयमा काम गर्न नसक्दा यसको दुःख नागरिकले पाउन मिल्छ ? यति महँगो प्लेट प्रभावकारीसमेत देखिएको छैन । खाल्डाखुल्डीमा सवारी चल्दासमेत फुत्त खस्नेजस्तो प्लेट छ । ५ गुणा, ६ गुणा बढी पैसा लिएर १ गतेभित्र गर नत्र देखाइदिन्छु भनेर धम्की दिन मिल्दैन । यसलाई सजिलो बनाइयोस्। नागरिकलाई सहज होस् ।’ सचिव भेट्न गए यातायात विभागका हाकिमइम्बोस्ड नम्बर अनिवार्य गरिएको र साउन १ बाट इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने निर्णयको व्यापक आलोचना भएपछि यातायात व्यवस्था विभागका महानिर्देशकलाई तनाव सुरु भएको छ । एकातिर मोटो रकम कमिशनको कुरा, अर्कोतिर नेपाली भाषा (देवनागरी लिपी)मा नभई अंग्रेजी भाषाको प्रयोग र अर्कातिर छिमेकी देशहरुमा भन्दा ६ गुणासम्म महँगो भएको भन्दै आलोचना सुरु भएपछि विभागका हाकिम नमराज घिमिरेलाई सकस परेको छ । मन्त्रालयबाट प्रश्न सोध्न थालिएको र सर्वसाधारण तहमा उब्जेका प्रश्नको उत्तरका लागि सञ्चारकर्मीहरुले बारम्बार फोन गर्न थालेपछि विभागका महानिर्देशकलाई गाह्रो भएको छ ।्सकसकै बीचमा उनी यातायात मन्त्रालयका सचिवलाई भेट्न निस्किएका छन् । महानिर्देशक घिमिरे आफैँले यस विषयमा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलसँग भेट्न आफू मन्त्रालय हिडेको बताएका छन् । ‘विरोध भईरहेको छ, विरोध भईरहेको छ है भनेर जानकारी दिन म मन्त्रालयका सचिवलाई भेट्न जाँदैछु’, घिमिरेले भने, ‘नराम्रो नियत केही छैन, नयाँ निर्णय पनि होइन, पूरानै कामको निरन्तरता हो, नबुझेर विरोध भईरहेको हो जस्तो लाग्छ ।’ विभागले यस विषयमा मंगलबार पत्रकार सम्मेलनको पनि आयोजना गर्दैछ ।