पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । आइतवार देउवाले विश्वासको मत प्राप्त गरेपछि आज पाकिस्तानी प्रधानमन्त्री खानले बधाई दिएका हुन् ।
उनले पाकिस्तान–नेपालबीचको आपसी हितका मुद्दामा मिलेर अगाडि बढ्ने अपेक्षा गरेको बताएका छन् ।
यसअघि आइतवार राति नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई दिएका थिए ।