राष्ट्रिय ध्वजावाहक सम्मान नेपाल एयरलाइन्सलाई

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको हो । भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचारप्रसार गर्दै आएको कम्पनी हो । निगमका अनुसार …

सम्बन्धित सामग्री

राष्ट्रिय ध्वजावाहक सम्मान नेपाल एयरलाइन्सलाई

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ ।

राष्ट्रिय ध्वजावाहक सम्मान नेपाल एयरलाइन्सलाई

काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ का लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानका लागि छनोट गरेको हो । भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिज...

राष्ट्रिय ध्वजावाहक सम्मान नेपाल एयरलाइन्सलाई

काठमाडौँ- नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ का लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानका लागि छनोट गरेको हो । भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिज...

राष्ट्रिय ध्वजावाहक सम्मान नेपाल एयरलाइन्सलाई - NepaliPatra

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मान पाएको छ । भारतको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्समध्ये सन् २०२३ को लागि वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनोट गरेको हो । भारतको मुसाफिर ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचारप्रसार गर्दै आएको कम्पनी हो । निगमका […]

अति आवश्यक ढुवानीमा निगमको सक्रियता

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले राज्य र नागरिकका लागि तत्काल आवश्यक सामग्रीको ढुवानीमा उच्च क्रियाशीलता देखाएको छ ।      कोभिड–१९ को अहिलेको महामारीमा विगतभन्दा यो वर्ष निगमले मेडिकल चार्टर्ड उडान तुलनात्मक रूपमा धेरै गरेको छ । अहिले दैनिक रूपमै निगमले विभिन्न मुलुकबाट अत्यावश्यक स्वास्थ्य सामग्री नेपाल ल्याइरहेको छ । आवश्यक स्वास्थ्य पूर्वाधार अभावमा भविष्यमा महामारीको स्वरूपको पूर्वानुमानसमेत गर्न नसक्ने स्थिति छ । यही परिस्थितिको आकलन गर्दै नेपालका कोरोनाबाट प्रभावित नागरिकको संख्या एवं विद्यमान पूर्वाधारलाई दृष्टिगत गर्दै चीनले उपलब्ध गराएको खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नट्रेटरलगायत स्वास्थ्य सामग्री, भारत र चीनले उपलब्ध गराएका कोरोनाविरुद्धको खोपजस्त राज्यका लागि अति आवश्यक स्वास्थ्य सामग्रीको उपलब्धता आफैंमा प्रसंशनीय रहेको छ ।      निगमले चीनको बेइजिङबाट हाल पाँच उडान गरी जम्मा दुई हजार तीन सय ३५ खाली अक्सिजन सिलिन्डर, अक्सिजन कन्सर्नट्रेटरलगायत स्वास्थ्य सामग्री मे १९ तारिखसम्म काठमाडौं ल्याउँदै छ भने हालै ओमनबाट अक्सिजन सिलिन्डर तथा औषधीजन्य सामग्रीसहित एक नेपालीको समेत उद्धार गरी ल्याएको छ ।      निगमका निर्देशक एवं प्रवक्ता करिश्मा श्रेष्ठसँग आगामी चार्टर्ड उडानको सम्बन्धमा जिज्ञासा राख्दा उनले भनिन्, ‘निगमले पर्यटन मन्त्रालयको प्रत्यक्ष निर्देशन र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँगको सहकार्यसहित उडान भर्ने सम्बन्धित मुलुकको उडान अनुमतिमा काम गर्दै आएको छ । सोही क्रममा सिंगापुरबाट मे २२ मा स्वास्थ्य सामग्री ल्याउने तयारीमा जुटेको छ ।’ उनका अनुसार सिंगापुरस्थित टेमसेक फाउन्डेसनको सहयोगमा प्राप्त स्वास्थ्य सामग्री ल्याउन निगमले अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र तालुक पर्यटन मन्त्रालयको निर्देशनमा मे २२ मा निगमको जहाजबाट बिहान उडान गर्ने र सोही दिन साँझ काठमाडौं स्वास्थ्य सामग्री ल्याउने गृहकार्य गरिरहेको छ । निगमले भारतका नागरिकका लागि मात्र भारतीय दूतावासको सिफारिसका आधारमा मे १८ देखि २२ सम्म साउदी अरेबियामा सात वटा उडान गर्नेछ । भारतीय नागरिक अन्तर्राष्ट्रिय हवाई सेवाको प्रतिबन्ध लगाउनुअघि साउदी जान नेपालमा आएका थिए । कोभिड महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध लगाए पनि ती भारतीय अलपत्र परेका थिए । नेपालमा अड्किएका भारतीयलाई गन्तव्यमा पु¥याउन क्यानले १० उडान अनुमति दिएको छ । यसमा निगमको सात र तीन उडान हिमालय एयरलाइन्सले गर्नेछ ।      सरकारले परराष्ट्र मन्त्रालयको निर्देशन एवं भारतीय दूतावासको समन्वयमा साउदी अरेबिया जाने अति आवश्यक भारतीय नागरिकको हकमा निगमद्वारा उपलब्ध गराएको टिकटको आधारमा पाँच वटा उडान साउदीको रियाद र दुई वटा दमामका लागि निर्धारण गरेको छ । उच्च सक्रियताकै कारण साउदीमा हुने १० उडानमध्ये सात उडानको जिम्मेवारी निगमले पाएको पर्यटन मन्त्रालय सम्बद्ध स्रोतले जनाएको छ ।      निगमका सह–प्रवक्ता सुलेख मिश्रले निगमले मुनाफासहितको सुरक्षित सेवा र दैवीप्रकोपको हकमा ऐनअनुसार सेवा प्रदान गर्दै आएको छ । निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलसहितका टिम सक्रिय रहेको पछिल्लो परिणाम विदेशी कूटनीतिक नियोगले समेत व्यावसायिक सम्मान दिएको प्रवक्ता श्रेष्ठको भनाइ छ । उनका अनुसार निगमले चीनको सेनजेनमा यही मे १९ मा मेडिकल चार्टर्ड उडान गरी सोही दिन फर्किने तयारीमा जुटेको छ । निगमसँग दुई न्यारो बडी र दुई वाइड बडी गरी जम्मा चार जहाज अन्तर्राष्ट्रिय उडानका लागि भए पनि व्यावसायिक र आवश्यकताको तुलनामा जहाजको संख्या कम रहेको छ । रासस