शिथिल अर्थतन्त्रको उपचार आवश्यक

सरकारले रेमिट्यान्स आयलाई बैंकिङ प्रणालीमा ल्याउन नसक्नुको कारण सबैभन्दा बढी समस्या देखिएको हो । नेपालको आर्थिक स्थिति संकटोन्मुख रहेको छ । त्यसैले श्रीलंकाको अवस्थामा नै पुग्छ कि भन्ने आशंका बजारमा चलेका छन् । संकटोन्मुख अर्थतन्त्रको सरकारको विशेषता अर्थमन्त्रालय र केन्द्रीय बैंक मिलेर उपचार गर्नुपर्ने बेलामा नेपाल राष्ट्र बैंकको गभर्नरलाई गरिएको निलम्बनले झन् बजारमा हल्ला बढी […]

सम्बन्धित सामग्री

अर्थतन्त्रको संरचना नै बदल्नुपर्छ : पूर्वसभामुख सापकोटा

काठमाडौं : पूर्वसभामुख अग्निप्रसाद सापकोटाले आर्थिक क्षेत्रमा र्‍याडिकल रिफर्म (अर्थतन्त्रको संरचनामा परिवर्तन) गर्नुपर्ने बताएका छन्।शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्‍याडिकल रिफर्मको आवश्यकता रहेको बताए।उनले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताए। चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरु सिक्नुपर्ने बताए। उनले सरकारले तातोपा

अर्थतन्त्रको दिगो विकासका लागि ठोस गृहकार्य आवश्यक : अध्यक्ष मल्ल

काठमाडौं – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक स्थायीत्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुर चेम्बर अफ कमर्सको छैठौं साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले आर्थिक स्थायित्वका लागि सरकार र निजीक्षेत्रबीचको सहकार्य महत्वपुर्ण रहेको बताएका हुन् । अध्यक्ष मल्लले भने, ‘अर्थतन्त्रको दिगो विकासका लागि ठोस […]

‘अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँग सहकार्य आवश्यक’

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रको सुधारको लागि निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने आवश्यकता औल्याएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं कार्यसमितिसँगको भेटमा विद्यमान आर्थिक अवस्थाका सुधारका लागि सरकार र निजीबीच सहकार्य आवश्यक रहेको राष्ट्रपति पौडेलले बताएका हुन् । उनले भने,‘यही तथ्यलाई ध्यानमा राखेर सरकार र निजी क्षेत्रबीच पारस्परिक सहअस्तित्व र समभावको दरिलो साझेदारी आवश्यक […]

‘अर्थतन्त्रको समस्या समाधान गर्न लगानी वृद्धि अपरिहार्य’

मुख्य सचिव डा बैकुण्ठ अर्यालले अर्थतन्त्रको समस्या समाधानका लागि लगानी वृद्धि गर्नु अपरिहार्य रहेको बताएका छन् । उनले पूँजीगत खर्च बढाउन आवश्यक रहेको उल्लेख गर्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए । उत्पादनमा आधारित भए मात्र अर्थतन्त्र अगाडि बढ्न सक्ने स्पष्ट पार्दै उनले आर्थिक विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे […]

अर्थतन्त्रको संरचना परिवर्तन गर्न आवश्यक : डेपुटी गभर्नर मिश्र

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अर्थतन्त्रको संरचनालाई परिर्वतन गर्नुपर्ने बताएका छन्। नेपाली अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको बताउँदै उनले यस्तो अवस्था कायम राखिराख्न नहुने बताए। काठमाडौंमा मंगलबार आयोजित ‘द नेसनल...

‘अर्थतन्त्रको दबाब कम गर्न उद्योगीको सहयोग आवश्यक’

पर्सा – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले अर्थतन्त्रमाथि देखापरेको दबाब कम गर्न उद्योगी व्यापारीको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । उनले राजनीतिक अस्थिरता, कोरोना महामारी र रसिया–युक्रेन युद्धका कारण आर्थिक मन्दीको दुशचक्रमा फसेको नेपाललाई सहज अवस्थामा ल्याउन नेपाली उद्योगपति व्यापारीको सहयोग अति नै आवश्यक रहेकोे बताए। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज वीरगञ्जमा […]

अर्थतन्त्रको गतिशीलताका लागि सबै पक्ष जिम्मेवार बन्न आवश्यक : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको गतिशीलताका लागि सबै सरोकारवाला पक्ष जिम्मेवार बन्न आवश्यक रहेको बताएका छन् । शुक्रवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का पदाधिकारी तथा सदस्यहरु सम्मिलित प्रतिनिधि मण्डलसँगको भेटमा गर्भनर अधिकारीले यस्तो बताएका हुन् । गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा हाल देखिएका कतिपय समस्याहरु प्रणालीसँग जोडिएकोले प्रणालीगतरसंरचनागत सुधारमा जोड दिनुपर्ने पनि बताए । उनले कर्पोरेट क्षेत्रले समेत दीर्घकालीन बोण्ड जारी गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने बताउँदै बैंक तथा वित्तीय संस्थाहरुले जोखिमपूर्ण देखिएका कर्जाप्रति पूर्व सावधानी अपनाइ आवश्यक कार्य अगाडि बढाउनुपर्नेमा सुझाव समेत दिए । ‘वर्तमान विषम् परिस्थितिलाई ध्यानमा राख्दै आम जनजीविका र उद्यम–व्यवसायलाई सामान्यीकरण बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउन सरोकारवाला सम्पूर्ण पक्षहरु गम्भीरताका साथ लागि पर्नुपर्छ,’ गर्भनर अधिकारीले भने,  ‘साथै बैंक तथा वित्तीय संस्थाहरुले जोखिमपूर्ण देखिएका कर्जाप्रति पूर्व सावधानी अपनाइ आवश्यक कार्य अगाडि बढाउनुपर्ने छ ।’ भेटमा सीबीफीनकातर्फबाट बैंकिङ क्षेत्रमा विकसित घटनाक्रम, देशको समग्र आर्थिक अवस्था र सुधारका सम्भावित उपायहरुका बारेमा सुझाव पेश गरिएको थियो । सीबीफीनका अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले बैंक तथा वित्तीय संस्था र कर्मचारीमाथि सुनियोजित एवं श्रृंखलाबद्ध रुपमा सञ्चालन भइरहेका अवाञ्छित एवं गैरकानूनी क्रियाकलाप र सांघातिक आक्रमणहरुको विषयमा ध्यानाकर्षण गराएको थियो । बैंक तथा वित्तीय संस्था र कर्मचारीहरुका विरुद्ध भइरहेका क्रियाकलापहरु वारे नेपाल राष्ट्र बैंकले नजिकैबाट नियालीरहेको बताउँदै गभर्नर अधिकारीले बैंकिङ क्षेत्रमा देखिएको सुरक्षा संवेदनशिलताप्रति पनि आफू गंभिर रहको बताए ।  अध्यक्ष गोल्यानले बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय मात्र नभई अभिभावक संस्था समेत भएको भन्दै बैंक तथा वित्तीय संस्थाहरुमाथि भइरहेको आक्रमणमा अभिभावकीय भूमिका खेल्न आग्रह गरेका थिए ।

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको साथ आवश्यक छ: विष्णु पौडेल

'निजीकरण मोडेलमा त्रुटि भए सुधार गर्नुपर्छ,'उनले भने, 'अर्थतन्त्र चलायमान बनाउनका लागि सही नीति र सही नेतृत्व आवश्यक छ ।'

आयातमुखी अर्थतन्त्रको पुनःसंरचना आवश्यक

रेमिट्यान्समा आधारित आयातित अर्थतन्त्रको दिशा परिवर्तन गर्न कुनै पनि सरकार अग्रसर नभएका कारण नेपालको व्यापारघाटा बजेटभन्दा बढी पुग्नु वास्तवमा लज्जाजनक नै हो । सरकारले आयातमा कडाइ गरेसँगै न्यून मात्रामा आयात घटेको छ । तर, गुणस्तरीय रूपमा निर्यात बढ्न नसक्दा व्यापारघाटा कम हुन सकेको छैन । आयात कडाइका कारण भन्सारबाट सरकारलाई आउने राजस्वमा कमी भने आएको […]

समष्टिगत अर्थतन्त्रको अवस्था भयावह छैन : नेपाल राष्ट्र बैँक

काठमाडौं : नेपाल राष्ट्र बैंकले मुलुकमा समष्टिगत अर्थतन्त्रको अवस्था भयावह नरहेको जनाएको छ।बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टले वित्तीय क्षेत्रमा देखा परेको तरलताले मुद्रास्फीतिमा दबाब र मूल्य वृद्धिमा चाप परेकाले अर्थतन्त्रमा केही प्रभाव मात्र परेकाे बताए।उनले भने 'रुस र युक्रेन युद्धकाे प्रभाव मुलुकमा देखिएको छ। उत्पादन क्षेत्रमा आवश्यक कच्चा पदार्थको आपूर्ति प्रभावित भएको छ। आपूर्ति प्रणालीलाई समस्या परेको छ।'पेट्रोलियम पदार्थको मूल्यवृद्धि भए पनि पनि डराउनुपर्ने