काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूह प्रतिक्रियावादी शक्तिको मतियार भएको आरोप लगउनुभएको छ ।
खनाल–नेपाल समूहका नेताहरुले निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको भन्दै उहाँले कम्युनिष्ट आन्दोलनकाविरुद्ध इतिहासमा कहीँ नदेखिएको अनुशासनहीनता र अराजकता देखिएको बताउनुभयो ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिकूल अन्तर्राष्ट्रिय परिस्थितिका बीच उचाइमा पुर्याइएको कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयास...