प्रोग्रेशिभ फाइनान्सको लाभांश परिमार्जन , के हुन्छ यस अघि नै भएको मूल्य समायोजन ?

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited को लाभांश परिमार्जन भएको छ । कम्पनीको पुस २८ गते बसेको संचालक समितिको बैठकले राष्ट्र बैंकको निर्देशन अनुसार लाभांश परिमार्जन गरेको हो । बैंकलाई राष्ट्र बैंकले  कर सम्बन्धी प्रावधानमा केही फेरबदल गर्न निर्देशन दिएको थियो । जसका कारण खुदनाफामा फेबदल भएको र लाभांश पनि परिमार्जन गर्नु परेको बैंकले जनाएको छ ।  बैंकले यस अघि  हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.३६८४ रुपैयाँ नगद लाभांश गरि कुल ७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो  । अब भने बैंकले ६ प्रतिशत बोनस शेयर र ०.३१५७ प्रतिशत नगद लाभांश गरि कुल ६.३१५७ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीको उक्त प्रस्ट  नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनको लागि बुक क्लोज गरिसकेकोले कम्पनीको ७ प्रतिशत बोनसमा नै मूल्य समायोजन भईसकेको थियो । अटर अब बोनस दर ६ प्रतिशत कायम गरिएकोले यस अघि गरिएको समायोजन के हुन्छ भन्ने प्रश्न उठेको छ । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुली यस विषयमा समबन्धित विभागले नै निर्णय गर्ने बताउछन् ।   नेप्सेको बजार संचालन विभाग अन्तर्गतको सूचीकरण शाखाले यस विषयमा उठाएको टिप्पणीको आधारमा निर्णय हुने भएकोले के हुन्छ भन्ने अहिले नै भन्न नसकिने उनको भनाई छ  । 

सम्बन्धित सामग्री

समता घरेलु लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतवार (आज) समता घरेलु लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको ५ दशमलव ४३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ६७४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७०० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर सोमवारदेखि दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

डिप्रोक्स लघुवित्तको शेयर मूल्य समायोजन

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको शेयर मूल्य रू. ७२५ दशमलव १८ कायम भएको छ ।  नेप्सेल बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७९७ दशमलव ७० मा अन्तिम कारोबार भएको थियो ।  यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात बिहीवार दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

८ असार, काठमाडौं । बुधबार सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुक क्लोज गरेपछि नेप्सेले इन्स्योरेन्सको ४.२० प्रतिशत बोनस सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको सेयर मूल्य ३५२ रुपैयाँ २१ पैसा कायम भएको छ । मंगलबार इन्स्योरेन्सको सेयर प्रतिकित्ता […]

दुई लघुवित्त र एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार दुई लघुवित्त तथा एक वाणिज्य बैंकको सेयर मूल्य समायोजन भएको छ । सोमबार नेप्सेले नेपाल क्रेडिट एण्ड कमर्स बैंकको आठ प्रतिशत, विजय लघुवित्तको २० दशमलव ०३ प्रतिशत र महुली लघुवित्तको २६ प्रतिशत सेयर मूल्य समायोजन गरेको हो।साधारणसभा तथा लाभांश वितरणका लागि यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।एनसीसी बैंकको समायोजनपछिको भाउ २६३ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । गत आर्थिक वर्षको नाफाबाट बैंकले आठ प्रतिशत बोनस

नेप्सेमा आज चार कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक स्क्स्चेन्ज एक्स्चेन्ज (नेप्से) मा चार कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बुधबार एनएमबी बैंकको १२ दशमलव ५० प्रतिशत, नेपाल एसबीआई बैंकको तीन दशमलव ५० प्रतिशत, छिमेक लघुवित्तको २७ प्रतिशत र गणपति लघुवित्तको १९ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । यी चारवटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ बुधबारदेखि बुक क्लोज गरेका छन् । एनएमबी बैंकको सेयर मूल्य समायोजनपछिको भाउ ३३६ रुपैयाँ ३६ पैसा निर्धारण भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ दशमलव पाँच प्रतिश

तीन कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले आज तीन कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार सपोर्ट लघुवित्त, सूर्योदय लघुवित्त र वोमी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो ।नेप्सेले सपोर्ट लघुवित्तको ३० प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको छ । समायोजनपछिको भाउ १७ सय ६९ रुपैयाँ निर्धारण गरेको छ । यसले गत आर्थिक वर्षको नाफाबाबट ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि एक दशलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । सपोर्टले १० पुसमा सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा लघुवित्तले बगा

सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सनराइज फर्स्ट म्युचुअल फण्ड इकाई मूल्य समायोजन भएको छ। फण्डले लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। फण्डको यस दिन ५० प्रतिशत नगद लाभांश समायोजन भएको हो। समायोजनपश्चात फण्डको इकाई मूल्य १३ रुपैयाँ १३ पैसा कायम भएको छ। फण्डको इकाई भदौ १५ गते, मंगलबार १८ रुपैयाँ १३ पैसामा अन्तिम कारोबार भएको थियो। सनराइज बैंकद्वारा प्रवर्धित तथा सनराइज क्यापिटलबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस फण्डले आर्थिक वर्ष २०७७/...

लक्ष्मी इक्वीटी फण्डको मूल्य समायोजन

१५ साउन, काठमाडौं । लक्ष्मी इक्वीटी फण्डको मूल्य समायोजन भएको छ । लक्ष्मी इक्वीटीले दिन लागेको ३५ प्रतिशत लाभांश पछि यसको मूल्य समायोजन भएको हो । समायोजन पछि नेपाल स्टक एक्सचेञ्जले प्रति कित्ता १३ रुपैयाँ ९० पैसा मूल्य तोकेको छ । बिहीबार कारोबार बन्द हुँदासम्म यसको मूल्य प्रतिकित्ता १७ रुपैयाँ ४० पैसा थियो । ३५ […]