काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ । ‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने एउटा चलन […]