स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरिले मुलुकभर गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउनु आफ्नो मुख्य चुनौती रहेको बताएका छन् । पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित सातौं पर्वत महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री गिरिले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको बताउँदै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी दूरदराजका नागरिकलाई पनि सर्वसुलभ स्वास्थ्यको पहुँच पुर्याउनुपर्ने […]