बाँके कुष्ठरोगको 'रेड जोन' रहेको तथ्यांक सार्वजनिक भएको छ। प्रति १० हजार जनसंख्यामा उपचारत रहेका बिरामीहरूको प्रकोप दर एकभन्दा बढी भएका जिल्लामध्ये बाँके कपिलवस्तपछि दोस्रो स्थानमा रहेको तथ्यांक सार्वजनिक भएको हो । नेपाल सन २०१० मा नै निवारण अवस्थामा भए पनि बाँके भने उच्च जोखिममै थियो । यस आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम्म) मात्र बाँकेमा ४४ जना नयाँ कुष्ठरोगीका बिरामी फेला परेका छन् । गत वर्ष एक सय २८ जनामा कुष्ठरोग देखिएको थियो। यस वर्ष पनि सोही बराबर हुने अनुमान गरिएको छ ।जनस्वास