काठमाडौं (अस) । सानिमा बैंकले सिराहाको मिर्चैयामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । शाखा कार्यालय उुद्घाटन बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ एवं हरिवंश आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रूपमा गरे । मिर्चैया शाखाबाट आधुनिक बैंकिङ सुविधा उपलब्ध गराइने बैंकले बताएको छ । बैंकका प्रमुख कार्यकारी पाण्डेले मिर्चैयामा शाखा विस्तारपछि यस वरपरका ग्राहकलाई आधुनिक बैंकिङ सुविधा लिन सहज हुने विश्वास व्यक्त गरे । हाल बैंकले १२५ शाखा र ११४ एटीएमबाट बैंकिङ सेवा दिँदै आएको छ ।