खलङ्गा, १० कात्तिक । यहाँस्थित आश्रय केन्द्रले घरेलु हिंसा यौनजन्य दुव्र्यवहारबाट प्रभावित महिलालाई अल्पकालीन आश्रय प्रदान गरिराखेको छ । हालसम्म केन्द्रले सात सय १५ जनालाई सेवा प्रदान गरिसकेको जनाएको छ । केन्द्रले सरोकारवाला निकायका सहयोगमा मनोविमर्श केन्द्र, कानुनी सेवा, पारिवारिक पुनर्मिलन, अदालतमा मुद्दा दायर, स्वास्थ्य सेवा, वकालत पैरवी, तालिम गोष्ठी तथा अन्तरक्रियासमेत गर्दै आएको छ […]