विराटनगर : प्रदेश नम्बर १ का नवनिर्वाचित मुख्यमन्त्री भीमप्रसाद आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका छन्।
मुख्यमन्त्री भएको भोलिपल्टै उनले ताप्लेजुङका प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारीलाई मन्त्री नियुक्त गरेका हुन्।
साम्सोहाङलाई सामाजिक विकास मन्त्री र तिवारीलाई उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रीमा नियुक्त गरिएको छ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी…