नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले कोभिड– १९ महामारीका बेलामा पनि चुनाव गर्न सकिने जिकिर गरेका छन् ।
प्रतिनिधि सभा विघटन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेको रिटको विपक्षमा बहस गर्दै पाण्डेयले भारत, पोल्याण्ड, जर्मनीलगायतका देशमा चुनाव सम्पन्न भएको उदाहरण पेश गरे ।
‘स्वास्थ्यका मापदण्ड अपनाएर चुनाव गर्न सकिन्छ, गर्न नै नसकिने भन्ने होइन,’ पाण्डेयले भने, ‘कतिपय स्थानमा जनप्रतिनिधि रिक्त भएका छन्, त्यहाँ यसै पनि चुनाव गर्नुपर्ने छ । स्थानीय चुनाव पनि...