वीरगञ्ज महानगरपालिकाले सुरु गरेको ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा झन्डै ९ हजार जनाले स्वास्थ्य जाँच गराएका छन् । स्वास्थ्य जाँच गर्न घरदैलोमै पुगेको यो अभियानले महानगरको विभिन्न ९ वटा वडामा अहिलेसम्म ९ हजार जनाको निःशुल्क स्वास्थ्य जाँच गरेको हो ।कार्यक्रममा निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै आवश्यक औषधीसमेत उपलब्ध गराउँदै आएको छ । महानगरको बजार एरियाभन्दा बाहिर ग्रामीण क्षेत्रका १६ वटा वडालाई लक्षित गर्दै यो कार्यक्रम संचालन गरिएको महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले बत