एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको हलमा जो सर्वसम्मत बन्छ वा जसले निर्वाचनमा सबैभन्दा बढी मत ल्याउँछ त्यही व्यक्ति आफूले चाहेको वरिष्ठ उपाध्यक्ष र महासचिव हुने बताएका छन् ।
मंगलवार काठमाडौंको बानेश्वरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा तपाईंले चाहेको वरिष्ठ उपाध्यक्ष र महासचिव को हो भन्ने प्रश्नको जवाफ दिँदै ओलीले बढी मत ल्याएको व्यक्तिलाई नै मन पराउने बताएका हुन् ।
‘या त निर्विरोध हुन्छ वा सबैभन्दा बढी भोट ल्याएर जितेको व्यक्ति मैले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव हुन्छ,’ ओलीले भने...