काठमाण्डाै – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कांग्रेसको एकलौटी नभएकाले चाहेअनुसार धेरै काम गर्न सक्ने अवस्था नरहेको बताउनुभएको छ ।
कांग्रेसको एकलौटी सरकार नभएकाले नेपाल ट्रेड युनियन कांग्रेसले धेरै माग दाबी गर्न नमिल्ने पनि बताउनुभयो । आज आइतवारदेखि काठमाण्डाैमा सुरु भएकाे नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले भन्नुभयाे, ‘याे कांग्रेसकाे एकलाैटी सरकार हाेइन भन्ने कुरा तपाईँहरूले बुझ्नुपर्याे । तपाईँहरूले धेरै माग दाबी गर्ने कुरा छैन ...