तनहुँ- जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५० सवारी साधनलाई कारबाही गरेको छ । उक्त सवारी साधनलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु एक लाख ५० हजार सङ्कलन भएको सो कार्यालयले जनाएको छ । सवारी साधनमा लेखिएका अश्लील, अपाच्य गालीगलौज, कानूनविपरीत तथा समाजमा विकृति ल्याउने किसिमका कविता, गजल र […]