बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप घट्दै गएको छ भने कर्जा प्रवाह मात्रै बढेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा बैंकिङ क्षेत्रले १ खर्ब ७९ अर्ब ७ करोड रूपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा कर्जा प्रवाह भने ४ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ भइसकेको छ ।
यस्तो निक्षेप अघिल्लो वर्षका सोही अवधिको तुलनामा १ खर्ब ७३ अर्ब रुपैयाँले घटेको छ । निक्षेप संकलन घटेको भएपनि कर्जा प्रवाह भने गत वर्षको तुलनामा १ खर्ब २६ अर्ब ३० करोड रुपैयाँले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ३ खर्ब ५२ अर्ब २१ करोड थियो भने कर्जा प्र...