रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलो पटक भिडिओ एक्सरे सेवा सुरु भएको छ ।
स्वास्थ्य सेवा विभाग र त्रिवेणी गाउँपालिकाको सहयोगमा नेर्पा स्वास्थ्य चौकीमा एक्सरे सेवा सञ्चालन गरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढाले जानकारी दिनुभयो । विभागबाट मेसिन प्राप्त भएको र भवन तथा जडानका लागि गाउँपालिकाबाट करिब १२ लाख रुपैयाँ सहयोग भएपछि सेवा सुरु गरिएको हो । नेर्पा स्वास्थ्य चौकीमा भिडिओ एक्सरे सेवा सुरु भएपछि गर्भवती महिला र आपत्कालीन सेवाग्राहीहरुलाई जिल्ला अस्पताल वा दाङ झर्नुपर्ने बाध्यता हटेको छ...