काठमाडौं : श्रम तथा रोजगार मन्त्री डिबी अर्यालले म्यानपावर क्षेत्रमा आफ्नाे कुनै लगानी नरहेको बताएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री अर्यालले म्यानपावर व्यवसायीलाई श्रम मन्त्रालय दिएको भन्दै चौतर्फी आलोचना भएपछि आफू उक्त क्षेत्रमा संलग्न नरहेको स्पष्ट पारेका हुन्। ‘म्यानपावर कम्पनीमा म कहिल्यै पनि छैन। हो, साथीहरूले एउटा कम्पनीमा सल्लाहकारमा राख्यौँ है भनेर ‘इन्टर्नेशनल मार्केटिङ डाइरेक्टर’ को पद लेखिदिए तर हटाइदिन भुले। तर, त्यो वा कुनै मेनपा