काठमाडौं : नेपाली कांग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक संकटतर्फ उन्मुख रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै उनले अझै नेताहरु नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताए।
उनले आँखाअघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको बताए। उनले जनताको स्वार्थ भन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाए।
उनले देश गफले मात्रै चल्न नसक्ने...