म्याग्दीको बेनी नगरपालिका–३, भकिम्लीका किसानले जिल्लामै पहिलोपटक अकबरे जातको खुर्सानीको व्यावसायिक खेती थालेका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले भकिम्लीका किसानले व्यक्तिगत र सामूहिक रूपमा व्यावसायिक अकबरे खेती गर्न थालेको जानकारी दिए । 'भूगोल र हावापानी अनुकूल भएकाले भकिम्लीको व्यावसायिक अकबरे खुर्सानीखेती सफल देखिएको छ,' उनले भने, 'बेनी, दरवाङ, तातोपानी, गलेश्वरलगायत...