केन्याबिरुद्धको तेस्रो एक दिवसीय खेलमा ६ विकेटको जित निकाल्दै नेपालले तीन एक दिवसीय श्रृंखला क्लिनस्विप गरेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गर्ने क्रममा नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर लक्ष्य पूरा गर्दा श्रृंखला ३–० ले नेपालको पक्षमा परेको हो । स्पिनर बसिर […]