स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ को परीक्षा आन्तरिक मूल्याङ्कनबाट गर्न शिक्षा मन्त्रालयलाई पत्राचार गर्ने सार्वजनिक अभिव्यक्ति दिएपछि अन्योल सिर्जना भएको छ ।
प्रश्नपत्र नै तयारी गरिरहेको अवस्थामा स्वास्थ्य राज्यमन्त्रीले नै आन्तरिक मूल्याङ्कनबाट परीक्षा लिन पत्राचार गर्ने बताएपछि शिक्षा मन्त्रालय अनिर्णयको बन्दी बनेको छ । राज्यमन्त्री श्रेष्ठले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कोभिड संक्रमण बढ्दै गएको अवस्थामा कक्षा १२ को मात्र नभई विश्वविद्यालयले सञ्चालन गर्ने सबै परीक्षा स्थगित हुन सक्ने बताएका थिए।
राज्यमन्त्री श्रेष्ठको भनाइपछि ...