बारा– बारा ४(क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी नारायणी रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ । सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध परेको रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएपछि केहीबेर सिमराको एक होटल क्षेत्र तनावग्रस्त बन्यो । आफ्ना शुभेच्छुकमाझ सिमराको एक होटलमा बसिरहेकी रायमाझीलाई लिन इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको टोली पुगेको थियो […]