बारा : गायब भएको, अपहरण भएको हल्ला चलाएर प्रहरीलाई दुःख दिएछन्, म त आफ्ना शुभचिन्तकहरुका साथ चुनावी छलफलमा थिएँ। भन्दै आश्चर्यजनक भाव पोख्दै थिइन् नेतृ नारायणी रायमाझी निरु।पार्टीले योगदानको कदर नगरेको भन्दै बारा क्षेत्र नं. ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएकी कांग्रेस नेतृ रायमाझीलाई अपहरणको खबर पाएर खोज्न आएको भन्ने प्रहरीको भनाईले अचम्ममा पारेको हो।बुधबार निर्वाचन अधिकृतको कार्यालयबाटै नेतृ रायमाझीको अपहरण भएको हल्ला चलाएर प्रहरी परिचालन गरेको खबरले जीतपुरसिमराको चुनावी माहोललाई थप ततायो। यो