काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा हडताल गर्ने काम बन्द गर्न प्राध्यापकहरूलाई आग्रह गर्नुभएको छ । आज बुधवार बिहान नेपाल प्राध्यापक सङ्घका पदाधिकारीसँग मन्त्रालयमा छलफल गर्दै मन्त्री पौडेलले स–साना कुरालाई लिएर विश्वविद्यालयमा हडताल गर्नु गलत भएको बताउनुभयो ।
‘लोकतान्त्रिक मर्यादाअनुसार माग प्रस्तुत पाइन्छ’, उहाँले भन्नुभयो, ‘लामो समयसम्म पढाइ बन्द हुने गरी विश्वविद्यालयमा गरिएको हडताल रोक्नुपर्याे । प्राध्यापक सङ्घले गृहकार्य गरी समस्या बुझेर समाधान...