नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा, राजनीतिक स्थिरता र विकासका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले जित्नै पर्ने बताएका छन् । मंगलबार पश्चिम नवलपरासीको बर्दघाट चौपत्तामा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशमा सुशासन र विकासमार्फत राजनीतिक परिवर्तनलाई संस्थागत गर्न जरुरी रहेको बताए । ‘लोकतन्त्रको रक्षा गर्न र शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन यो गठबन्धनबाहेक अरू कुनै विकल्प छैन, त्यसैले पनि गठबन्धनका उम्मेदव