नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी मंसिर ४ गते दुई गठबन्धन आमुन्ने सामुन्नेमा रहेको टिप्पणी गरेका छन् । गोरखाको रानीटारमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले मंसिर ४ गतेको निर्वाचनपछि मात्रै जनताले फैसला गर्ने बताए । कांग्रेस माओवादी सहितको पाँचदलीय गठबन्धन अग्रगामी शक्तिहरूको गठबन्धन भएको बताउँदै प्रचण्डले एमालेले नेतृत्व गठबन्धन संविधान र लोकतन्त्र मास्ने पश्चगामीहरुको गठबन्धन भएको बताए । ‘हामी महिला, दलित, आदिवासी जनजाति, थारु, मुस्लिम सबैलाई